पोखरा । पोखरा–९ स्थित वास्तोलाथर टोल विकास संस्थाको पहिलो साधारणसभाका अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट एक सय २० टोलवासी लाभान्वित भएका छन् । उक्त अवसरमा थाइराइड, कोलस्ट्रोल, डायविटिज र युरिक एसिड सम्वन्धि परीक्षण गरिएको संस्थाले जनाएको छ ।
निःशुल्क स्वास्थ्य जाँचको क्रममा युआरएल पोखरा र सिटी डायविटिज न्यूरोड एण्ड हर्मन क्लिनिक प्रालि पोखरा–९ ले सहयोग गरेका थिए । कार्यक्रमका मुख्य अतिथि पोखरा ९ का वडाअध्यक्ष दिपेन्द्र मार्सानीले टोलवासी एक भएर अगाडि बढ्दै विकास निर्माणका काममा सहकार्य गर्न आव्हान गरेका थिए ।
सभालाई सल्लाहकारद्वय कृष्णप्रसाद कोइराला र शंकर देवकोटाले सम्वोधन गर्दै टोलको उन्नती र विकासबारे चर्चा गरी भावि कार्यक्रमबारे प्रकाश पारेका थिए । सचिव प्रकाश वास्तोला र कोषाध्यक्ष गणेशप्रसाद कोइरालाले सो अवसरमा आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष गोपाल वास्तोलाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा उपस्थिति सम्पूर्ण महानुभावलाई संस्थाका उपाध्यक्ष ध्रुव गुरुङले स्वागत गरेका थिए ।