Subscribe to Updates
Get the latest creative news from HappyPokhara.com about news, music, video & culture.
Author: happyadmin
पोखरा । सांगीतिक विरासत फर्काउने उद्देश्यसहित पोखरामा शनिबार ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा यो कार्यक्रम गर्न लागेको हो । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष आतिथ्यतामा हुने कार्यक्रम शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म हुनेछ । १९९० को दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको विरासत फर्काउन कार्यक्रम गर्न लागिएको कार्यक्रम मूल संयोजक तथा गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव मनकुमार श्रेष्ठले…
Model : Reema Bishwokarma Photo : Sooraz Shrestha | S2 Production
पोखरा । मेकअप आर्टिस्ट शोभा भट्टराईले क्यानाडाबाट उत्पादन सुरु गरेको नेपाली ब्राण्ड कुमारी ब्युटीका प्रडक्टहरुको प्रमुख स्टोर पोखरामा सुरु भएको छ। शनिबार दिउँसो एक कार्यक्रमबीच अभिनेत्री रीमा विश्वकर्माले कुमारी ब्युटीको पोखरा स्टोर्सको औपचारिक उद्घाटन गरेकी हुन् । सन् २०२१ बाट सुरु भएको कुमारी ब्युटीले ४० प्रकारका प्राकृतिक तथा हस्तनिर्मित सौन्दर्यसम्बन्धी प्रडक्टहरु उत्पादन गरेको सञ्चालक भट्टराईले बताइन् । ‘हामीसँग बाथबम्ब्स्, कस्मेटिक्स, साबुन, मैनबत्ती लगायत सौन्दर्यसम्बन्धी सामाग्रीहरु छन्, यो प्राकृतिक, हस्तनिर्मित र छालामैत्री पनि छ,’ भट्टराईले भनिन् । कार्यक्रममा अभिनेत्री रीमा कुमारी ब्युटीकै मेकअपमा सजिएर आएकी थिइन् । संचारकर्मीसँग कुराकानीका क्रममा उनले सुरुमै ठट्यौली शैलीमा सोधेकी थिइन्, ‘म कस्ती देखिएकी छु ?’ सौन्दर्यसम्बन्धी…
पोखरा, २४ कात्तिक । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरी तत्काल अन्तर्राष्ट्रिय उडान संचालन गर्न र मुख्य राजमार्गहरुमा जारी स्तरोन्नती कार्यलाई तिव्रता प्रदान गर्न होटल संघ पोखरा नेपालले माग गरेको छ । संघद्वारा शनिबार पोखरामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेको उपस्थितिमा आयोजित छलफल कार्यक्रममा हवाई र स्थल मार्गबाट हुने कनेक्टिभिटि महत्वपूर्ण हुने कुरामा सम्पूर्ण पर्यटन व्यवसायी एक मत भएका थिए । सो अवसरमा संघका अध्यक्ष लक्ष्मण सुवेदीले मन्त्री पाण्डेलाई एक ज्ञापनपत्र बुझाउँदै नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्नका लागि पर्यटन मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने माग राखे । ज्ञापनपत्रमा होटललाई उद्योग सरह मान्यता दिई सोही अनुसारको व्यवहार गर्नुपर्ने, कृषि…
११ औं संस्करणको मिस पोखरा–२०२४ को ताज सृष्टि खड्काले पहिरेकी छन् । बागलुङ गलकोट घर भई हाल पोखरा काजीपोखरी निवासी खड्का मिस पोखरा घोषित हुँदै स्कुटर र नगद ५० हजार पुरस्कार जितेकी छन् । मिस नेपालमा समेत प्रतिनिधित्वको अवसर पाएकी उनले विभिन्न गिफ्ट ह्याम्पर समेत हात पारिन् । मिस पोखरा खड्कालाई सन् २०१८ की मिस पोखरा सारा बजिमयले क्राउन पहिराइदिएकी थिइन् । यस्तै, रेखा गैरे फस्ट रनर अप र जेसिका विश्वकर्मा घिमिरे सेकेण्ड रनर अप भइन् । उनीहरुले ताजसहित क्रमशः ३० हजार र २० हजार साथमा विभिन्न गिफ्ट ह्याप्पर प्राप्त गरे । रेखाले वेष्ट इन्टेलेक्टको समेत उपाधि जित्दा जेसिकाले वेष्ट ड्रेस…
जोन्टा क्लव अफ पोखराको अध्यक्षमा रोजिना रञ्जित विजुक्छे चयन भएकी छन् । क्लवको शुक्रबार भएको पाँचौं अधिवेशनले बिजुक्छेलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा निर्वाचित बिजुक्छे क्लवकी निवर्तमान उपाध्यक्ष हुन् । क्लवको उपाध्यक्षमा नेलिसा ठकुरी केसी, सचिवमा सृजना कार्की भट्टराई र कोषाध्यक्षमा अनिता खड्का भट्टराई चयन भएकी छन् । समितिको निवर्तमान अध्यक्षमा मोनिका थापा छिन् । क्लवको कानूनी डाइरेक्टरमा बन्दना कार्की, अवार्ड एण्ड स्कलरसीप डाईरेक्टरमा साम्राज्ञी क्षेत्री, सेलेब्रेसन एण्ड फेलोसीप डाइरेक्टरमा सविता श्रेष्ठ, लिडरसीप र स्कील डेभलपमेन्ट डाइरेक्टरमा श्रीविद्या कायस्थ, पिआर एण्ड ग्रेटर भिजिबिलिटी डाइरेक्टरमा लीना गोशली, सर्भिस कमिटी डाइरेक्टर अञ्जना तझ्या, यूएन एण्ड क्लाईमेट चेञ्ज डाइरेक्टरमा निलिमा गुरुङ र…
https://youtu.be/c-BwsAHHAuw CAST : SOPHIE DHAREL SHREE BASTOLA SINGER : SHREE BASTOLA ORIGINAL SINGER : RAJU GURUNG ( AALOP BAND ) LYRICS / MUSIC : AALOP BAND ARRANGER : SHYAMSUNG TAMANG RECORDIST / MIXING : BUDDHARAJ BAJRACHARYA STUDIO : BAR STUDIO CONCEPT : MILAN SHANKAR CINEMATOGRAPHY / DIRECTION / EDITOR : SOORAZ SHRESTHA PHOTOGRAPHY : ATISH SHRESTHA COLOUR : SOORAZ SHRESTHA MUA : MANJU LAVAJU SHRESTHA PRODUCTION MANAGER : MD SUBASH THANKS TO : RAM GURUNG ( POKHARACITY.COM ) PAWAN KHADKA BINDU BARAL HAPPYPOKHARA.COM COSTUME : BW BEAUTIES WORLD VIDEO BY : S2 PRODUCTION
‘आचार्य’को ट्रेलर रिलिज ,सौगात ,दयाहाङ देखि विपिन कार्की सम्म देखिए ट्रेलरमा १३ जेठ, काठमाडौं ।यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ । १३ बर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्य प्रति श्रद्धाञ्जली भन्दै सिल्क रोड पिक्चर्सले आउँने असार ७ गते देखि फिल्मको पुन : प्रर्दशन गर्न लागेको हो । यसपटक प्रदर्शन गर्ने सिनेमामा भक्तराजको निधन पश्चताका दृश्यहरू पनि थपिएको छ । चलचित्रमा…
राष्ट्रिय फोटो पत्रकार समुह, नेपाल (एनएफपिजे) ले २६ औं वार्षिक उत्सवको अवसरमा अग्रज फोटो पत्रकार लगायत विभिन्न विधामा फोटो पत्रकारिता गरी रहेकाहरूलाई सम्मान गर्ने भएको छ । भाद्र २१ गते बसेको केन्द्रीय कमिटी बैठकले असोज ६ गते काठमाडौँको तीनकुनेमा रहेको सिद्धार्थ कटेजमा २६ औं वार्षिक साधारण सभासंगै विभिन्न फोटो पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको हो । बैठकले राम गुरुङ, श्रीधरलाल मानान्धर, शेखर चौलागाई र प्रविन श्रेष्ठलाई वरिष्ठ फोटो पत्रकारको रुपमा सम्मान गर्ने निर्णय गरेको एनएफपिजेले जनाएको छ । त्यस्तै, ५ विधामा हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान, प्रेसिडेण्ट अवार्ड, माधव थापा साहसिक फोटो पत्रकारिता पुरस्कारबाट सम्मानित हुनेहरूको नामसमेत टुङ्गो लगाएको छ।…