Subscribe to Updates
Get the latest creative news from HappyPokhara.com about news, music, video & culture.
Author: happyadmin
पोखरा, २ वैशाख/ लायन्स क्लब लफ इन्टरनेश्नलको आर्थिक सहयोगमा निर्माण गरिने उक्त पार्कको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ वर्ष २०८० को अवसरमा पारि शुक्रबर शिलान्यास गर्नुभएको हो । पार्कको शिलान्यास गर्दै प्रमुख आचार्यले चार तहको प्यारा फिट शैलीमा निर्माण गरिने पार्कमा सबै देशको नाम सहितका पिल्लरहरु निर्माण गरिने र बिचमा सबैभन्दा अग्लो नेपालको झन्डा राखिने बताउनुभयो । “यसको संरचना चार तहको प्याराफिट शैलीमा निर्माण गरिनेछ, प्रमुख आचार्यले भन्नुभयो, त्यस स्थानमा जुन देशको झन्डा राख्ने हो सोही देशको नाम समेत त्यो पिल्लरमा लेखिनेछ, र बिचमा भने नेपालको सबैभन्दा अग्लो झन्डा रहनेछ ।” यसमा पोखरा महानगरपालिका, लायन्स र एनआरएनएको समेत झन्डा…
पोखरा, २३ चैत वर्ष २०२३र२४ का लागि लायन्स क्लब अफ पोखरा मुनालको अध्यक्षमा केशब बराल र लायन्स क्लब अफ मर्दिको अध्यक्षमा मनोज कुमार अधिकारी निर्वाचीत भएका छन् । लायन्स क्लब इन्टरनेशनल डिष्टिक ३२५ एल अन्तर्गत वर्ष २०२३र२४ का लागि लायन्स क्लब अफ मर्दिका निवर्तमान अध्यक्ष मनोजकुमार अधिकारी अध्यक्षमा पुन निर्वाचित भएका छन् । क्लबको प्रथम उपाध्यक्षमा श्याम प्रसाद भुसाल, द्धितिय उपाध्यक्षमा सुमन पौडेल, तृतिय उपाध्क्षमा विष्णु प्रसाद बरुवाल, सचिबमा प्रताप पौडेल, कोषाध्यक्षमा विष्णु प्रसाद अधिकारी चयन भए । त्यसै गरी मुनाल क्लबको प्रथम उपाध्यक्षमा निर्मल पहारी, द्धितिय उपाध्यक्षमा बाबुराम क्षेत्री, सचिबमा हेमराज अधिकारी र कोषाध्यक्षमा सुनिल खाड…
पोखरा पोखरा स्थित ईन्द्रेणी थिएटरको प्रस्तुती रहेको नाटक इम्ब्रियोनिक जापानमा मञ्चन हुने भएको छ । आउँदो अप्रिल ८ तारिख शनिवार र ९ तारिख आईतवार साँझ जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा सो नाटक मञ्चन गरिने ईन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए । इन्द्रेणी थिएटरको स्थापना बि.सं.२०७६ मा भएको हो । स्थापनाकाल देखि हालसम्म संस्थाले नाटक तथा साहित्यका अन्य बिधाहरुमा विभिन्न कार्यहरू गर्दै आइरहेको छ । स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नाटक, कार्यपत्र, खोज अनुसन्धान, चित्रकला, कविता, गजल लगायतको क्षेत्रमा काम गरिरहेको छ भने यहाँका स्थानीय सरकारी निकायहरू, बाङ्मय संस्थाहरू तथा अन्य समान उद्देश्य भएका विभिन्न संस्थाहरूसंग समन्वय गर्दै काम…
पोखरा, २० चैत/ पोखराको मदरल्याण्ड माविबाट भर्खर १२ पास गरेका सम्राट ढुङ्गानाले अमेरिकाको विश्वकै चर्चित हार्वर्ड विश्वविद्यालयबाट स्नातक अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्। विश्वका विभिन्न देशबाट उच्च शिक्षा अध्ययनका लागि सबैको रोजाइमा परेको उक्त विश्वविद्यालयले कमै विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने गर्दछ भन्दै उक्त विश्वविद्यालयमा अध्ययनका लागि यस वर्ष विश्वभरिबाट छपन्न हजार नौ सय सैँतिस विद्यार्थीहरूले आवेदन दिएका थिए भने तीमध्ये एक हजार नौ सय बयालिसले मात्र भर्ना हुने अवसर पाएका छन् र यो आवेदकमध्ये ३.४१ प्रतिशत मात्र हुन आउने कुरा विद्यालय स्रोतले बताएको छ। कलेज तथा विश्वविद्यालयको इतिहासमा सबैभन्दा कम प्रवेशदर भएको दोस्रो वर्षमा पनि आफू…
Kathmandu—Pokhara-based Photojournalist Suresh Kumar Shrestha aka Sooraz Kumar Shrestha has been awarded INNJA Photo Journalism Award on March 1 in Kathmandu. House of Representatives Speaker Bhoj Raj Ghimire awarded Shrestha on behalf of the International Network for Nepali Journalists (INNJA) which is the US-based organization of Nepalese journalists. Journalist Shrestha received Rs 50,000 and a felicitation letter at the moment. INNJA recognized Shrestha for his contribution to society through photojournalism. According to INNJA Global Chairman Gunaraj Luitel, the organization has been conducting a number of fellowships and awards for the betterment of journalism and to motivate journalists for years. …
२०७९ फागुन २६,पोखरा । क्रियाशील पत्रकारहरुका लागि पोखरामा भाषा सम्पादन तालिम सुरु भएको छ । पोखरा महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा शुक्रबार देखि आइतबार सम्म तालिम हुनेछ । तालिमको सहजकर्ताको रुपमा भाषाविज्ञ शरच्चन्द्र वस्ती र विमल आचार्य रहेका छन् । तालिमको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे । उनले भाषा अग्रगामी हुने र भाषाको विषयमा पत्रकार सक्षम हुनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । तालिमले भाषाको कलात्मकताको विषयमा सुधार ल्याउन मदत पुग्ने विश्वास लिएका छन् । ‘संचार जगतमा काम गर्ने संचारकर्मीले भाषाका विषयमा ख्याल गर्नुपर्ने देखिन्छ । भाषाका विषयमा समयसापेक्ष हुन सकेनौं भने स्वभाविक रुपमा आक्रमण हुँदै जान्छ…
पोखरा । ग्लोवल अवारनेस फाउन्डेसन कास्की नेपालले संस्थाको प्रथम साधारणसभा एवं ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा र समाजसेवी धनमाया गुरुङलाई सम्मान गरेको छ । लैंगिक समनाताका लागि बलियो आधार सूचना प्रविधिमा महिलाको पहुँच भन्ने राष्ट्रिय नाराका साथ मनाइएको कार्यक्रममा गण्डकी प्रदेश सभाका पूर्व सदस्य मिना गुरुङले शर्मा र गुरुङलाई सम्मान गरेकी हुन् । सम्मान कार्यक्रममा गुरुङले महिलाको क्षमता र दक्षता वृद्धिसँगै नेतृत्वमा महिला पुर्याउन आवश्यक रहेको बताइन् । उनले नारिमुक्ति आन्दोलनको प्रणेता क्लारा जेटकिनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम र शोषणाका विरुद्ध आवाज उठाएको दिनको स्मरण…
पोखरा, २४ फागुन । पद्मावती मिडिया प्रालिद्धारा सञ्चालित रेडियो जननी ९०.६ मेगाहर्जले आफ्नो दशैँ वार्षिकोत्सव मनाएको छ । ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवुरमा रेडियो आफ्नो वार्षिकोत्सव मनाएको हो । पोखरा आयोजित कार्यक्रमको पोखरा महानगरपालिका प्रमुख मेयर धनराज आचार्यले गर्नुभएको थियो । उक्त अवसरमा बोल्दै मेयर आचार्यले अझै पनि हामी पछाडी नै रहेको भन्दै महिलाहरु ३३ प्रतिशतमा रमाएर बस्न नहुने बताउनुभयो । सुचनाको विकाससँगै असर सञ्चारकर्मी उत्पादनमा हामी चुकेको उहाँको भनाई थियो । महिला दिवसमा महिला उद्यमशिलताको चर्चा कम हुने आचार्यले बताउनुभयो । उहाँले ह्याण्डीक्राफ्टको प्रमोशन गर्नुपर्ने बताउँदै व्यक्तिगत प्रयोगको लागि मात्र नभएर समाजलाई फाईदा हुने किसिमले प्रयोगमा ल्याउनुपर्नेमा जोड…
IOE कै इतिहासमा पहिलो पटक पश्चिमाञ्चल क्याम्पसमा कम्प्युटर परीक्षा प्रणालीको बिधिमार्फत स्नातकोत्तर तहको प्रवेश परीक्षा सम्पन्न फाल्गुण १८ पोखरा, पोखराको लामाचौर स्थित ई. अ. सं. पश्चिमान्चल क्याम्पसमा इन्जिनियरिंग अध्ययन संथानमा पहिलो पटक काठमाडौँ बाहिर शैक्षिक बर्ष २०७९/०८० लागि सूचना प्रविधिको आधारमा कम्प्युटर परीक्षा प्रणालीको बिधिमार्फत स्नातकोत्तर तह जिओम्यटिक्स बिषयको प्रवेश परीक्षा भएको छ । यो पटक जिओम्यटिक्स बिषयमा स्नातकोत्तर तह अध्ययन गर्न चाहने बिद्यार्थीका लागि उक्त परीक्षा केन्द्रमा व्यवस्था मिलाईएको जानकारी क्याम्पसका क्याम्पस प्रमुख ई. निर्मल प्रसाद बरालले जानकारी गरानुका साथै आगामी दिनमा स्नातक तथा स्नातकोत्तर तहका अन्य बिषयहरू अध्ययन गर्न चाहने बिद्यार्थीहरूका लागि पनि पश्चिमान्चल क्याम्पसमा प्रवेश परीक्षा दिन मिल्ने…
पोखरा । पोखराका फोटोपत्रकार सुुरेश कुमार श्रेष्ठ (सुुरज श्रेष्ठ) अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुुरस्कारबाट पुुरस्कृत भएका छन् । अमेरिकाबाट संचालित नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल “इञ्जा” द्वारा काठमाडौंमा आयोजित इञ्जा फोटो पत्रकारिता पुरस्कारबाट श्रेष्ठलाई पुरस्कृत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सम्मान पत्र, ५० हजार राशि सहित उनलाई पुरस्कृत गरेका हुन् । पोखरालाई कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिँदै आएका श्रेष्ठलाई फोटोपत्रकरिता मार्फत समाजमा खेलेको भूमिका प्रशंसनिय रहेको भन्दै पुरस्कृत गरिएको हो । पुरस्कार ग्रहण गर्दै श्रेष्ठले पत्रकारिता क्षेत्रमा लागिरहन आफुलाई प्रेरित गरेको अभिव्यक्ति दिए । उनले अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पाउनु आफ्ना लागि पनि राम्रो…