अगस्ट ८ बाट प्रसारण हुने भारतीय चर्चित रियालिटी सो ‘बिग बोस’ अब निर्देशक करण जोहरले होस्ट गर्ने भएका छन् । यस अघि बिग बोसका सोहरु सलमान खानले होस्ट गर्दै आइरहेका थिए । तर यस पटक भने बिग बोसको होस्ट करण जोहारले गर्ने भएका छन् । करणले सलमानले भन्दा आफूले फरक तरिकाले सो सञ्चालन गर्ने जनाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। बिग बोस ६ हप्तासम्म ओटीटीमा रिलिज भइसकेपछि मात्रै १५ ओटा कार्यक्रम टेलिभिजनबाट प्रसारण हुनेछ। सो बुट नामक एपमा प्रदर्शन हुँदैछ ।
Author: happyadmin
काठमाडौँ / हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले निर्माण गरेको फिल्म ‘म त मर्छु कि क्या हो’ को ट्रेलर रिलिज भएको छ। उनीहरूलाई धुर्मुस(सुन्तलीकै गेटअपमै चित्रित भएका छन्। लेखन तथा निर्देशन उनीहरुकै रहेको फिल्ममा बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोलको अभिनय छ। ‘ओ हो मूभि’ नामक प्लेटफर्ममार्फत भदौ ११ गते फिल्म रिलिज हुने भएको छ। फिल्ममा वैवाहिक जीवनको उतारचढावलाई फिल्ममा चित्रण गरिएको छ। यसबाट संकलित रकमलाई भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा च्यारिटी गरिने भएको छ । https://www.youtube.com/watch?v=zGJ5XFKHd0k
[ngg src=”galleries” ids=”16″ display=”basic_thumbnail”] Bishal Gurung Photography : Sooraz Shrestha | S2 Production Location : Lakeside, Pokhara
चितवन / जिल्लाका अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने वा दुख्ने जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको चाप बढ्दै गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । कार्यालयका अनुसार सन् २००९ देखि नेपालका विभिन्न भूभागमा समस्या देखिँदै आएको छ । विशेषगरी बच्चादेखि वृद्धसम्म यो समस्या देखिने गरेको छ । फ्लुको जोखिममा बालबालिका, गर्भवती र वृद्धवृद्धा बढी पर्ने गरेको कार्यालयका प्रमुख दीपक तिवारीले बताउनुभयो । उहाँका अनुसार सिजनल फ्लुमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, खाना…
बाग्लुङ / बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नंको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खादा ११ जना घाइते भएका छन् । घाइते सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । बसमा सवार चालकसहित २२ जनामध्ये ११ जना घाइते भई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ ल्याइँदै छ । सवारी चालक गलकोट–१ काफलवुटा बस्ने ५२ वर्षीय चित्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
सिन्धुपाल्चोक / शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ। हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा ५५ र तालामाराङ तथा मेलम्चीमा ५ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए। उनकाअनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गए रातिको बाढीले बगाएको हो । ती घर खाली थिए । चनौटे ग्याल्थुम र ढुङ्गेर बजार जोखिममा छन् । हेलम्बु गाउँपालिका–४ को ढुङ्गे्र बजार पनि जोखिममा रहेकाले प्रहरी र सेनाले स्थानीयवासीका घरबाट सामान सार्न सहयोग गरिरहेका अधिकारीले बताए। जोखिम कायमै रहेकाले सजग रहन सम्पूर्णमा उनले आग्रह गरेका छन् । बाढी चनौटे बजार भएर बगिरहेको छ।…
पोखरा, १५ साउन । शिक्षा र सुरक्षामा विशेष जोड दिने उद्धेश्यका साथ पोखरामा विहीबार नयाँ दलको घोषणा गरिएको छ । विरौटा स्थित पोखरा ग्राण्डमा आयोजित औपचारिक कार्यक्रम विच घोषणा गरिएको नेपाल प्रतिविम्ब पार्टीको संयोजकमा युवा नेता नारायणप्रसाद कोइराला रहेका छन् । संवैधानिक रातन्त्रका विषयमा जनमत संग्रह गरी यो मुद्दाले जितेमा हृदयेन्द्र शाहलाई आलांकारिक राज्य प्रमुख बनाउने र देशमा प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्री बनाई कार्यकारिणी अधिकार प्रधानमन्त्रीमा नै निहित राख्ने अर्को महत्वपूर्ण विषय समेत कार्यक्रममा घोषणा गरियो । सिट संख्या तर्फ प्रतिनिधि सभा सदस्य १३४, प्रादेशिक सभामा २०५ र राष्ट्रिय सभा ४५ गरी जम्मा सांसदसंख्या ३८४ मात्र कायम गर्ने विषय पनि रहेको…
पोखरा, १० साउन । कोभिड–१९ बाट थला परेको पर्यटन क्षेत्रलाई डिजिटल माध्यमबाट प्रबद्र्धन गरी पूर्ववत अवस्थामा फर्काउने उद्धेश्यका साथ पश्चिमाञ्चल होटल संघ पोखरा र काठमाडौंको गौशलामा कार्यालय रहेको एनालग इन्क प्रालि विच शनिबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पोखरामा अयोजित एक कार्यक्रममा संघका अध्यक्ष विकल तुलाचन र इन्कका प्रमुख कार्यकारी अधिकृत आशुतोष अग्रवालले हस्ताक्षर गरी सम्झौतापत्र साटासाट गरेका थिए । सम्झौता अनुसार इन्कले संघसँगको सहकार्यमा संस्थाका सदस्य होटलहरुलाई २० प्रतिशत छुटमा डिजिटल माध्यमबाट बजारिकरणमा सघाउने जनाइएको छ । कोभिड माहामारीको अवस्थमा पनि इन्टरनेटका माध्यमबाट पोखराका होटलहरुमा सेवा सहज बुकिङ गर्न सकिने वेबमा आधारित प्रणाली इन्कले विकास गर्ने छ…
पोखरा, ९ साउन । ह्याप्पी पोखरा डट कम चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा शनिबारबाट सुरु भएको छ । चिकित्सा शिक्षा आयोगले लिने यस्तो परीक्षा पोखरामा पहिलोपटक आयोजना गरिएको जनाइएको छ । पोखराको मदरल्याण्ड माविमा यस्तो परीक्षा सुरु भएको हो । पहिलो दिन एमवीवीएसको परीक्षा सौहार्दपूर्ण रुपमा सम्पन्न भएको जनाइएको छ । विद्यालयमा दुई वटा परीक्षा केन्द्रको व्यवस्था गरिएको छ । विद्यालयको दश जोड दुई कार्यक्रम तर्फका इन्चार्ज एवं केन्द्र ख का केन्द्राध्यक्ष नारायण प्रसाद आचार्यका अनुसार फराकिलो क्षेत्रफल, आबश्यक पूर्वाधार र शैक्षिक उत्कृष्टताका हिसावले पनि यस्तो परीक्षाका लागि मदरल्याण्ड छनौट भएको हो । यहाँका दुई केन्द्रका लागि चार…
पोखरा, ८ साउन । गण्डकी प्रदेशका नवनियुक्त ६ मन्त्रीले शुक्रबार शपथग्रहण गरेका छन् । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार नै नियुक्त गरेका मन्त्रीहरुले प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग सपथ ग्रहण गरेका हुन् । नयाँ मन्त्रीमा माओवादी सांसद रामजी बराल आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । त्यस्तै माओवादीकै दीपक चर्तीमगरले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । सोही दलका चन्द्रबहादुर बुढा कृषि तथा सहकारी मन्त्री नियुक्त भए । कांग्रेस सांसद मणिभद्र शर्मा कँडेल उद्योग पर्यटन मन्त्री, कास्कीका सांसद विन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्रीमा नियुक्त भएका छन् । यसैगरी स्याङ्जाका मेखलाल श्रेष्ठले सामाजिक विकास मन्त्री बनेका…