Subscribe to Updates
Get the latest creative news from HappyPokhara.com about news, music, video & culture.
Author: Happy Pokhara
होटल संघ नेपाल (हान) गण्डकीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नती कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेको छ । हान गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले हालै एक विज्ञप्ति जारी गरी सडक मार्गको विस्तार र स्तरोन्नतीमा भएको ढिलाईले पर्यटक र समग्र यात्रुवर्गले हैरानी खेप्नु परेको उल्लेख गरेका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘यस खण्डमा निकै अघि काम सुरु भए पनि स्तरोन्नती कार्यमा देखिएको सुस्तीका कारण पर्यटक र समग्र पर्यटन क्षेत्रले निकै हैरानी खेप्दै आउनु परेको छ । सामान्य यात्रुले पनि यस्तो समस्या दिनहुँ भोग्न बाध्ये छन् । सडक विस्तार कार्यमा भएको ढिलाई, निर्माणको क्रममा मौसम अनुसार उत्पन्न धुलो…
नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको आयोजनामा ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रम भएको छ । बाराही जंगल लजको सहयोगमा भएको कार्यक्रम २ दिनसम्म सञ्चालन भएको थियो । आइतबार कास्कीबाट निस्किएको एनपिजेए कास्कीको टिम चितवनको भरतपुर महानगरपालिका २८ मेघौलीस्थित बाराही जंगल लज पुगेर सोमबार पोखरा फर्किएको हो । टोलीले पृथ्वी राजमार्गको सडक विस्तार, बाराही जंगल लजको सुन्दरतासँगै आतिथ्य, थारु समुदायको नृत्य, डुंगा सफारी, मेघौलीबाट देखिने सूर्यास्त, जंगल सफारीको फोटो, भिडियो खिचेका थिए । नवलपुरको गैडाकोट नगरपालिका स्थित मौलाकाली मन्दिरसँगै त्यहाँ जान बनाइएको केवलकार र नारायणी नदीमा सञ्चालित मोटर बोटको दृष्य पनि कैद गरेको संघका अध्यक्ष राम गुरुङले बताए । कार्यक्रममा पत्रकार महासंघ…
पोखरा/ सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्रको फोटोमार्फत प्रचारप्रसारका लागि नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको टोली सराङ्कोट पुगेको छ । सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति र अन्नपूर्ण केबलकारको सहकार्यमा ‘सराङकोट एट फोटो पत्रकार’ कार्यक्रम लिएर सोमबार एनपिजेएको टिम सराङकोट पुगेको हो । संघका अध्यक्ष राम गुरुङको नेतृत्वमा गएको टोलीले धार्मिक क्षेत्रको फोटो तथा भिडियो कैद गरेका थिए । फोटो पत्रकारले खिचेका फोटोको माध्यमबाट पोखरा १८ सराङकोटमा विस्तार हुँदै गरेको धार्मिक क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए । यहाँ रहेको कैलाशेश्वर महादेव मन्दिरमा प्रत्येक सोमबार साँझ ५ देखि ७ बजेसम्म…
नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा अध्यक्षमा राम गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको संघको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, कोषाध्यक्षमा युनिश गुरुङ र सदस्यहरुमा संजय शाक्य, गिरीधारी पोखरेल र प्रवेश पोखरेल निर्वाचित भएका हुन् । रिक्त रहेको सहसचिव र ३ सदस्यहरु कार्य समितिले पछि मनोनित गर्ने निर्वाचन समितिका संयोजक कृष्णमणि बरालले जानकारी दिए । अधिवेशनको नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रमा अध्यक्ष पौडेलले समामार लेख्ने भन्दा फोटो पत्रकार फ्रन्ट लाइनमा बसेर काम गर्नुपर्ने हुँदा धेरै…
मकवानपुरको हेटौंडामा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी यसवर्षको जाउँ है पोखरा अभियान औपचारिक रुपमा सम्पन्न गरिएको छ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले विहीबार अभियानको समापन गर्दै जाउँ है पोखरा अभियान पर्यटन क्षेत्रका लागि अनुकरणीय अभियान भएको भनाई राखे । आफ्नो खुट्टामा आफैं उभिन सक्ने वातावरण जाउँ है पोखरा जस्ता अभियानले सिर्जना गर्न सक्ने उनले बताए । कार्यक्रममा बोल्दै अभियानका संयोजक एवं आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले नयाँ बर्षको अवसरमा फेवा किनारमा आयोजना हुने नयाँ वर्ष महोत्सवका क्रममा पोखरा पुग्ने पाहुनालाई संघ अन्तरगतका होटल तथा लजमा २० प्रतिशत छुट प्रदान गरिने बताए । उनले…
जनकपुर, १९ फागुन । जनकपुर र पोखराका व्यवसायीले आपसी सहकार्यमा जोड दिएका छन् । पर्यटन क्षेत्रको विकास र आपसी सिकाईका विषयमा दुई शहरका ब्यबसायी हातेमालो गरेर अगाडि बढ्न सकिने विषयमा उनीहरु एक मत देखिएका छन् । यसपटकको पाँच दिने जाउँ है पोखरा अभियान अन्तरगत जनकपुरमा सोमबार आयोजित पहिलो कार्यक्रममा उल्लेखित विषय उठान गरिएको थियो । सो अवसरमा मधेश प्रदेशका उद्धोग, वाणिज्य एबं पर्यटन मन्त्री सकिल अलि मियाँले पोखरा-जनकपुरबिच हवाई सेवा संचालनमा जोड दिए । मधेश प्रदेशको पर्यटन ऐन पारित भई लागू हुने क्रममा रहेको अबगत पनि उनले गराए । व्यवसायीहरु एकाअपसमा मिलेर पर्यटन क्षेत्रलाई थप अगाडि बढाउन सकिने उनले सुझाव…
पोखरा, १८ फागुन । होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान यस वर्ष पनि आइतबारबाट आरम्भ भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश पोखराका प्रमुख मणिराज लामिछाने र होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले प्रबर्द्धन अभियानका सहभागीलाई पोखरामा विदाई गरेका थिए । टोलीमा होटलकर्मी, संचारकर्मी र अन्य पर्यटन ब्यावसायी गरी २० जनाको सहभागिता छ । नेपाल पर्यटन बोर्ड गण्डकीको मुख्य प्रबद्र्धनमा यही फागुन १८ गते देखि फागुन २२ गते सम्म पूर्वी नेपालका जनकपुर, विर्तामोड, इटहरी, बर्दिबास र हेटौंडा जस्ता शहर समेटेर अभियान संचालन गरिंदै छ । आन्तरिक पर्यटन विकासको लागि व्यावसायिक सहकार्य…
तिहारका अवसरमा होटल संघ पोखरा नेपालले आइतबार पोखराको लेकसाइडमा आयोजना गरेको १७ औं भाइटिका महोत्सवमा विभिन्न १२ देशका ५६ पर्यटकले सहभागिता जनाएका छन् । पर्यटकको उल्लेख्य उपस्थितिका कारण तीन चरण गरेर उनीहरुलाई टिका लगाइएको थियो । नेपाली संस्कृति संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । होटल ल्याण्डमार्कमा भएको महोत्सवका सहभागी पर्यटकलाई रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले टिका लगाइदिएका थिए । सप्तरंगी टिका ग्रहण गरेका पर्यटकलाई छात्राहरुले ढाका टोपी लगाइदिए र सेलरोटी लगायतका परिकार पस्किए । सँगै देउसीभैलो र नाचगानको कार्यक्रम पनि देखाए । सहभागी पर्यटक पनि नाचगानमा…
पोखराको मदरल्याण्ड माविका १० विद्यार्थीले आज सार्वजनिक भएको एसईई परीक्षाको नतिजामा चार जीपीए ल्याउन सफल भएका छन् । चार जीपीए ल्याउने विद्यार्थीमा आशिष बस्ताकोटी, अविस वाग्ले, अपेक्षा ढुंगाना, इक्वीटी पौडेल, कनक अधिकारी, कृपा बराल, कृपा गुरुङ, रेडियस पोखरेल, समिक्षा पहारी र युनिका ढकाल रहेका छन् । बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट मात्र १८६ जनाले ४ जिपिए ल्याएका हुन् । पोखरा मासबारस्थित मदरल्याण्डको यो नतिजा हालसम्म प्राप्त विवरणअनुसार नेपालमै उत्कृष्ट हो । विद्यालयका अनुसार एक सय ४६ जना विद्यार्थीले परीक्षा दिएकोमा एक सय २८ जनाले (३.६० देखि ४.००) जि. पि. ए. र १८ जनाले (३.२० देखि ३.६० ) जि. पि. ए. सहित…
दर्शन फाउण्डेशनको आयोजनामा म्याग्दीको बेनी नगरपलिका– ४ सिंगामा हालै आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट चार सय ५७ विरामी लाभान्वित भएका छन् । नेपाल रेडक्रस सोसाइटी सिंगा उपशाखाको सहआयोजना तथा युनाइटेड रेफरेन्स ल्याब्रोटोरी (युआरएल) पोखरा र बेनी अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा कतिपय विरामीको रक्त परीक्षण समेत गरिएको थियो । संस्थाले सामाजिक उत्तरदायित्वलाई ख्याल गर्दै दुर्गम ठाउँमा पुगेर निःशुल्क शिविर आयोजना गरेको आयोजक फाउण्डेशनका अध्यक्ष पितमबहादुर सेनले जानकारी दिए । आगामी दिनमा पनि फाउण्डेशनले सेवामूलक कार्यलाई निरन्तरता दिने उनले बताए । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले उक्त शिविरभन्दा अघि संस्थाले एक सय ७२ वटा शिविर सम्पन्न गरिसकेको जानकारी दिए । स्वास्थ्यलाई धनको रुपमा…