Author: Happy Pokhara

पोखरा । पोखराको लेकसाइड स्थित अम्मटमा विगत १५ वर्षदेखि संचालित चाइनिज गार्डेन रेष्टुरेण्ट एण्ड बारले आफूलाई थप सेवा र सुविधायुक्त बनाउँदै ग्राहकलाई स्वादयुक्त खाना पस्कने प्रण गरेको छ । यो रेष्टुरेण्ट पोखरा आउने चिनिया पर्यटक र चिनिया खानाको स्वाद मन पराउने पारखीको लागि महत्वपूर्ण गन्तव्य बन्दै आएको छ । व्यावसायिक चिनिया सेफ चाङ ज्याङ सङद्वारा सञ्चालनमा रहेको यस चाइनिज गार्डेन रेष्टुरेण्ट चिनियाँ पर्यटक, चिनियाँ राजदुत, चीनबाट आउने उच्च अधिकारी र पछिल्लो समयमा नेपालीको पनि रोजाई बन्दै गएको रेष्टुरेण्टका म्यानेजर हरिप्रसाद पौडेलले जानकारी दिए । पर्यटकको आकर्षणलाई ध्यानमा राखेर कोभिडको समयमा मर्मत संभार गरी रेस्टुरेन्टलाई थप सुविधा युक्त बनाइएको जनाइएको छ…

Read More

पोखरा । जुम्लाका धीरबहादुर बुढा र गणना भण्डारीले अन्नपूर्ण म्याराथनको उपाधि हात पारेका छन् । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा भएको तेस्रो संस्करणको म्याराथनमा पुरुषतर्फ धीरबहादुर र महिलातर्फ गणना विजेता घोषित भएका हुन् । ७३ औं अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका अवसरमा कास्कीको अन्नपूर्ण आधारशिविरदेखि घान्द्रुक सम्म आयोजित म्याराथनमा जुम्लाका धावक धीरबहादुरले ४ घण्टा १० मिनेट ५१ सेकेण्डमा दुरी पार गरे । नेपाल आर्मीका धावक होमलाल श्रेष्ठले ४ घण्टा १२ मिनेट ३२ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भए । आर्मीकै वेदबहादुर सुनुवारले ४ घण्टा १६ मिनेट ४८ सेकेण्डको रेकर्डसहित तेस्रो स्थान प्राप्त गरे । महिलातर्फको म्याराथन जुम्लाकी गणना भण्डारीले…

Read More

पोखरा । ह्याप्पी पोखरा डटकमका सम्पादक रुपनारायण ढकाल २०८० सालको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिले घान्द्रुकमा आयोजित औपचारिक समारोहमा ढकाललाई उक्त पुरस्कार प्रदान गरेको हो । अन्नपूर्ण हिमाल आरोहणको ७३ वर्ष पुगेको अवसरमा अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन प्रतियोगिताको अन्तिम दिन शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ढकाललाई दोसल्ला र सम्मानपत्र सहित पुरस्कार प्रदान गरेका थिए । सोही पुरस्कारबाट नेपाल रिपब्लिक मिडिया गण्डकी प्रदेशका व्यूरो प्रमुख सन्तोष पोखरेल पनि सम्मानित भए । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको आयोजक समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिए । २५ वषैदेखि निरन्तर पत्रकारितामा सक्रिय…

Read More

पोखरा, १९ जेठ । पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण आरोहण दिवस अवसरमा आयोजित तेश्रो अन्नपूर्ण म्याराथन तथा सेन्चुरी पर्यटन महोत्सवको बुधबारदेखि आरम्भ भएको छ । पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी पर्यटन समिति र घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा महोत्सव सुरु भएको हो । महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले पर्यटन गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार भएको बताए । घान्द्रुकमा प्राकृतिक सौन्दर्य, मौलिक संस्कार संस्कृति अवलोकनका लागि पर्यटकहरु आउने भएकोले यसको विकास र प्रचारप्रसारमा सबै लाग्नुपर्नेमा उनले जोड दिए । उनले पर्यटनमा उद्यमशीलताको विकास गरी गाउँको समृद्धिसँग जोड्न जरुरी भएको बताए । घान्द्रुक पर्यटन व्यवस्थापन समिति अध्यक्ष विक्रम गुरुङले…

Read More

पोखरा– अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित यसवर्षको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार-२०८० पत्रकारद्वय रूपनारायण ढकाल र सन्तोष पोखरेललाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । पुरस्कारको राशी २५ हजार नगद, दोसल्ला र सम्मानपत्र छ । यो दोस्रो पुरस्कार हो । छनौट भएका प्रतिभामध्ये पत्रकार रुपनाराण ढकाल विगत २५ वर्षदेखि पोखरालाई कार्यक्षेत्र बनाएर पर्यटनका क्षेत्रमा कलम चलाउँदै आएका छन् । हाल उनी रिसेन्टफ्यूजन डट कम अंग्रेजी समाचार साइट र ह्याप्पी पोखरा डट कम अनलाइन समाचार साइटका सम्पादक हुन् । त्यस्तै अर्का प्रतिभा पत्रकार सन्तोष पोखरेल विगत १६ वर्षदेखि पत्रकारिता सक्रिय छन् । हाल उनी नागरिक दैनिकका लागि गण्डकी प्रदेशको व्यूरोको कमाण्ड सम्हाल्दै…

Read More

पोखरा । पोखरामा जारी तीन दिने १८ औं फेवा नब वर्ष महोत्सव अन्तर्गत दोश्रो दिन विहिबार फेवा तालमा आयोजित डुंगा दौड प्रतियोगितामा तालपारी समूह प्रथम भएको छ । यसैगरी बाराही घाट ए द्वितीय भयो भने बाराही घाट डी ले तृतीय स्थान हासिल गरेको छ । गौरीघाट बी समूहले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा कूल आठ समूहले भाग लिएका थिए । होटल बाराहीका प्रवन्धक निर्देशक वैभव पौडेलले सिट्ठी फुकेर प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका समूहले क्रमशः १५ हजार, १० हजार र आठ हजार रुपैयाँ पुरस्कार पाए । सान्त्वना पुरस्कारस्वरुप पाँच हजार…

Read More

पोखरा । पोखराको लेकसाइडमा १८ औं फेवा नब वर्ष महोत्सव बुधबारबाट सुरु भएको छ । होटल संघ पोखरा नेपालले आयोजना गरेको तीन दिने महोत्सवले पर्यटन, संस्कृति र खानालाई मुख्य जोड दिएको छ । विविध खानाका परिकार र सांस्कृतिक प्रस्तुती तथा पंचे बाजा, नाचगान, भजनचुड्का र गीतसंगीतका कार्यक्रम महोत्सवमा हुने छन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको उद्घाटन गरेका थिए । महोत्सव स्थानीय खहरेदेखि फिस्टेल गेटसम्म सडकमा नै आयोजना भइरहेको छ । महोत्सवका अवसरमा होटलको प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । कोभिड १९ लगायत विभिन्न कारणले व्यवसायी पलायन…

Read More

काठमाडौं । यही चैत २९ गतेबाट पोखरामा संचालन हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सवमा सहभागिताका लागि होटल संघ पोखरा नेपालले काठमाडौंवासिलाई निमन्त्रण प्रदान गरेको छ । संघले हालै काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली संस्कृतिको संरक्षण गर्दै नयाँ बर्षलाई धुमधामका साथ मनाउन लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्म आयोजना हुने महोत्सवमा भाग लिन राजधानीवासीलाई आग्रह गरेको हो । पर्यटन, संस्कृति र खानालाई जोड दिएर आयोजना हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सो अवसरमा जानकारी दिइयो । संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले महोत्सवका अवसरमा प्रकाशित दररेटमा संघ अन्तर्गतका होटलले २० प्रतिशत छुटको समेत घोषणा गरेको जानकारी दिए…

Read More

पोखरा । होटल संघ पोखरा नेपालको आयोजनामा पोखराको लेकसाइडमा यही चैत २९ गतेबाट सुरु हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सको तयारी अन्तिम चरणमा पुगेको छ । नयाँ वर्षको अवसरमा पोखराको लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लन चोकसम्मको सडकमा यो महोत्सव हुन लागेको हो । उद्घाटनका दिन खहरे चोकबाट सांस्कृतिक झाँकी र ¥याली सुरु भई अम्मटमा पुगेर उद्घाटन सभामा परिणत हुने संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिए । लाइभ संगीत, ख्याती प्राप्त कलाकारको गायन प्रस्तुती, सांस्कृतिक झाँकी र खानाका परिकार महोत्सवमा रहने उनले बताए । महोत्सवलाई लक्षित गरी प्रकाशित दररेटमा २० प्रतिशत छुट संघ…

Read More

पोखरा।  यही चैत २९ गतेबाट सुरु हुने फेवा नब वर्ष महोत्सवमा सुरक्षा र छुटको विषयलाई विशेष ध्यान दिन विभिन्न पर्यटकीय संघसंस्थाले सुझाव दिएका छन् । आयोजक होटल संघ पोखरा नेपालले शुक्रबार महोत्सवका बारेमा सुझाव र सल्लाह लिन आयोजना गरेको छलफल कार्यक्रममा व्यवसायीले सुरक्षाको विषय संवेदनशिल भएको भन्दै महोत्सवमा कुनै अप्रिय घटना नहोस् भन्नेतर्फ सचेत रहनुपर्ने सुझाव राखे । यसैगरी महोत्सवकै समयमा रेष्टुरा र होटलमा खानबस्न तथा अन्य पर्यटकीय सेवामा के कस्तो छुट र सहुलियत छ भनी व्यवसायीले जिज्ञासा राखेका थिए । चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइड स्थित अम्मटदेखि हल्लनचोकसम्म फेवा नव वर्ष महोत्सव हुँदै छ ।…

Read More