पोखरा । पोखराको लेकसाइड स्थित अम्मटमा विगत १५ वर्षदेखि संचालित चाइनिज गार्डेन रेष्टुरेण्ट एण्ड बारले आफूलाई थप सेवा र सुविधायुक्त बनाउँदै ग्राहकलाई स्वादयुक्त खाना पस्कने प्रण गरेको छ ।
यो रेष्टुरेण्ट पोखरा आउने चिनिया पर्यटक र चिनिया खानाको स्वाद मन पराउने पारखीको लागि महत्वपूर्ण गन्तव्य बन्दै आएको छ । व्यावसायिक चिनिया सेफ चाङ ज्याङ सङद्वारा सञ्चालनमा रहेको यस चाइनिज गार्डेन रेष्टुरेण्ट चिनियाँ पर्यटक, चिनियाँ राजदुत, चीनबाट आउने उच्च अधिकारी र पछिल्लो समयमा नेपालीको पनि रोजाई बन्दै गएको रेष्टुरेण्टका म्यानेजर हरिप्रसाद पौडेलले जानकारी दिए ।
पर्यटकको आकर्षणलाई ध्यानमा राखेर कोभिडको समयमा मर्मत संभार गरी रेस्टुरेन्टलाई थप सुविधा युक्त बनाइएको जनाइएको छ । साडे दुई करोड लगानीमा २५० जना ग्राहकलाई एकै साथ सेवा दिन मिल्ने गरी रेस्टुरेन्टको स्तर उन्नति गरिएको पौडेलले जानकारी दिए ।
विश्वमै प्रख्यात चिनियाँ खानाको परिकार चिनियाँ स्वादमा पस्कनु रेष्टुरेण्टको उद्धेश्य र विशेषता रहेको जनाइएको छ । हाइजेनिक खाना पस्कन सोही अनुसारको भान्छा यहाँ रहेको छ । ग्राहकको सेवाका लागि ७० जना अटाउने हल, भिआपी हल पनि थप गरिएको छ । अहिले रेस्टुरेन्टमा १५ जना कर्मचारी कार्यरत रहेका छन् ।
रेस्टुरेन्ट संचालक चाङ चीनको फुजेन सहरबाट आएका हुन् । पोखरामा १५ वर्ष अघि चिनियाँ रेस्टुरेन्ट सञ्चालन गरेका चाङ संग चिनियाँ राजदुतावासमा सेफको रुपमा काम गरेको अनुभव पनि छ । यस्तै गरी काठमाडौंको याक एण्ड यतिमा सेफको रुपमा काम गरेको अनुभव पनि उनले सुनाए ।
चाङले कोभिडको समयमामा चीनबाट स्वास्थ्य समाग्री ल्याउन पनि महत्वपुर्ण भुमिका खेलेका थिए । व्यवसायको साथै सामाजिक सेवामा पनि संलग्न रहदै अएका चाङ ओभरसिज चाइनिज एशोसियसन पोखराका अध्यक्ष पनि हुन् ।
पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गोपिवहादुर भट्टराईले पोखरामा विस्तारै चिनिया रेष्टुरेण्टको संख्या थपिंदै गए पनि विचमा कोभिडका कारणले सो क्रममा केही अवरोध आए पनि चिनिया स्वादका हिसावले चाइनिज गार्डेन रेष्टुरेण्ट उत्कृष्ट भएको बताए ।